मेलै २०७४ असार २३ गते सूर्योदय नगरपालिकाको पहिलो नगर प्रमुखको रुपमा आएको थिए। पहिलो दिन नगरपालिकामा मेलै चार वटा निर्यणहरु गर्ने गरी हस्ताक्षर गरेको थिए भने २०८२ माग महिनाको ६ गते प्रतिनिधि सभाको उम्मेद्वार बन्नको निम्ति राजिनामा दिएको थिए। मेलै यस २०८२ को प्रतिनिधि सभाको सदस्यको रुपमा निर्वाचित हुन जनताको अभिमत प्राप्त गर्न त सकिन तर झण्डै नौ बर्ष नगर प्रमुखको जिम्मेवारीमा काम गर्न अवसर जनताबाट नै प्राप्त भएको थियो। यहि नौ बर्षमा मेलै गरेका कार्यहरु र स्थानीय तहबाट हुने कार्यहरु साथै कानुन निर्माण र प्रकृयाहरुको बारेमा जानकारी दिने हेतुले बैशाख महिनादेखि प्रत्येक हप्ता जानकारी मुलक कार्यक्रम फिक्कल एफ एम, साथै अन्य सामाजिक सजालहरुबाट आउने जानकारी गराउदँछु र कार्यक्रमको नाम स्थानीय सरकार हुनेछ।

